आन्दोलनमा कांग्रेस : किन ? यस्तो छ गगन थापाको तर्क (भिडियोसहित)

माघ २०, काठमाण्डौ । सरकारविरुद्ध संसदमा प्रस्तुत भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब के गर्ला भन्ने चासो छ । आफूले उठाउँदै आएका प्रमुख दुवै माग पूरा भएपछि प्रमुख प्रतिपक्षी कांग्रेस अब के मुद्दा उठाएर कसरी अघि बढ्ने भन्ने विषयमा चासो बढेको थियो । आइतबार कांग्रेसले पुनः सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिएको छ ।

सरकारविरुद्ध सडक र सदन दुवै ठाउँमा कांग्रेसले डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने मुद्दालाई लिएर आन्दोलन गरिरहेको थियो । पार्टी केन्द्रिय समितीको बैठकले नै अगामी माघ २१ गते देशभर सरकारविरुद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरिसकेको अवस्थामा अव कांग्रेसको मुद्दा के हुन्छ त ? यसअघि गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ सरकार मातहतमा राख्नुपर्ने प्रमुख माग पनि पूरा भएको थियो । कांग्रेसले लगातार संसद् अवरुद्ध पारेपछि सरकार उक्त निर्णय गर्न बाध्य भएको थियो ।

आइतबार संसदमा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसारलाई नेपालले आश्चर्यचकित बनाएको बताएको सन्दर्भ उल्लेख गर्दै अब विपक्षी कांग्रेसले सरकारलाई आश्चर्यचकित बनाउने चेतावनी दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले हालै विपक्षीको अवरोधका बाबजुद चिकित्सा विधेयक पास गरिएको घटना आफूहरुले नबिर्सने बताउनुभएको हो । अब कांग्रेसले संसद् र सडकबाट सरकारलाई आश्चर्यचकित बनाइदिने भन्दै थापाले कडा चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफूले भ्रष्टाचारीको अनुहार नहेर्ने बताएको सन्दर्भ उल्लेख गर्दै थापाले अब प्रम ओलीले ऐना हेर्न पनि बन्द गर्नुपर्ने हो कि भनेर व्यंग्यसमेत गर्नुभयो ।

कांग्रेसका नेताहरुले सरकारलाई चेतावनी दिइरहे पनि तत्काल कुनै आन्दोलन हुने संकेत भने देखिदैन । पछिल्लो समय राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई सरकारले संसदबाट बहुमतले पारित गरेपछि कांग्रेस कमजोर देखिएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...