श्रम सम्झौतापछि मात्र कामदार पठाउन सर्वोच्चको आदेश

काठमाडौं २१ माघ । सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सरकारले सर्वोच्च अदालतको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा मुलुकबाहेक अन्य मुलुकमा नेपाली कामदार जान पाउने छैनन् ।

लामो समयदेखि श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग हुँदै आए पनि यसमा सरकारले बेवास्ता गर्दै आएको थियो ।

सर्वोच्चको निर्देशनात्मक आदेशपछि भने अब सरकारले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था सिर्जना भएको छ । –नागरिक दैनिकबाट

Comments

Loading...
Loading...

ताजा खबर

Loading...