आज ७७ वटै जिल्लामा कांग्रेसको प्रदर्शन, यस्ता छन् कारणहरु

माघ २१, काठमाण्डौ । केपी ओली नेतृत्वको सकारको कामले विश्व चकित भएको ओलीकै दावीलाई चुनौति दिदै कांग्रेसले आन्दोलनको चेतावनी दिएको थियो । हिजोको संसद बैठकमा कांग्रेस नेता तथा सांसद गगन थापाले कांग्रेसको आन्दोलनले अब सरकार आश्चर्यचकित हुने पालो आएको अभिव्यक्ति दिएका थिए ।

थापाले भनेझैँ कांग्रेसको प्रदर्शनले सरकार आश्चर्यचकित होला नहोला । तर कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

सरकारले विभिन्न जनताविरोधी निर्णयहरु गरेको भन्दै कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो । कांग्रेसले ७७ वटै जिल्लास्थित सदरमुकाममा विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ ।

काठमाडौंको हकमा भने भने दिउँसो एक बजेदेखि प्रदर्शन सुरु गर्ने नेपाली कांग्रेसले जनाएको छ । बिभिन्न स्थानबाट निकालिने ¥याली शान्तिवाटीकामा पुगेर विरोध सभामा परिणत हुने बताइएको छ ।

चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।

बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय एवम् भेनेजुयला प्रकरणमा सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपाले अमेरिकाको विरोध गरेकोलगायतका विषयलाई कांग्रेसले आन्दोलनको कारक भनेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्