कांग्रेसको आन्दोलनबारे नेकपाको कटाक्ष, आरोप–प्रत्यारोपले उग्र रुप लिएपछि…(भिडियोसहित)

माघ २१, काठमाण्डौ । पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप बढ्दै गएको छ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल कांग्रेसका नेताहरु एकअर्कालाई गलत ठहर्याउन प्रयास गरे ।

नेकपाका नेता महेश बस्नेतले नेपालको लोकतान्त्रिक इतिहासमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको स्विकार गर्दै अबका दिनमा कांग्रेसले आन्दोलन गर्न जरुरी नभएको तर्क गरे ।

विगतमा आफूहरुले पनि संसदीय अभ्यासका क्रममा केही गल्तीहरु गरेको स्विकार गर्दै बस्नेतले अहिले कांग्रेसले त्यही गल्ती गरेको आरोप लगाए ।

यता कांग्रेसका नेता भिमसेनदास प्रधानले भने केपी ओलीको नेतृत्वमा बनेको सरकारले एक वर्षमा जनहितमा काम गर्नुको साँटो बहुमतको दम्भ देखाउन थालेकाले विरोधमा उत्रिनुपरेको स्पष्ट पारे ।

प्रधानले निर्मला प्रकरणको छानविन र वाइडबडी प्रकरणमा दोषीलाई कारबाहीको दायरामा ल्याउन असफल भएकाले सरकारलाई दबाब दिनुपरेको बताए ।

कार्यक्रममा मधेशवादी नेता सत्यनारायण मण्डलले पनि सरकारले उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाए ।


ताजा खबर

Loading...
Loading...
Loading...