ला लिगामा रियल मड्रिडको उत्कृष्ट प्रदर्शन, एलाभेसलाई ३-० ले हरायो

काठमाडौं, २१ माघ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एलाभेसलाई ३–० ले हराएको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमा, भिनिसियस जुनियर र मारियानोले गोल गरे । बेन्जिमाले ३० औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ८० औँ मिनेटमा किशोर खेलाडी जुनियरले गोल गरे ।

यस्तै, इन्जुरी समयको पहिलो मिनेटमा मारियानोले गोल गरेपछि रियल मड्रिड ३–० ले विजयी भयो । जितपछि तेस्रो स्थानको रियल मड्रिडको २२ खेलबाट ४२ अंक भएको छ ।

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलमा हुने एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलअघि रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो ।


ताजा खबर

Loading...
Loading...
Loading...