नेकपा सचिवालय बैठक सम्पन्न, भेनेजुएलाबारे पार्टीको धारणा यथावत

काठमाडौँ, २१ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भेनेजुएला प्रकरणबारे पार्टीको धारणा यथावत राखेकोको पार्टीका प्रवक्ता नारायउाकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन आजको बैठकमा भएन् । उनले भने,”भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन आजको बैठकले आग्रह गरेको छ।’

भेनेजुएलाको आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरोस् र त्यहीँका जनताले नै फैसला गरोस् भन्नेनै पार्टीको आधिकारी धारणा रहेको पनि उनले स्पष्ट पारे।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...