पुर्व प्रेमीलाई नेहाको जवाफ-भिडियोसहित

काठमाडौँ,२१ माघ । बलिउडकी चर्चित गायिका नेहा कक्कड पछिल्लो समय निकै चर्चामा रहेकी छन । यतिवेला उनि गायन भन्दा पनि उनको प्रेम सम्बन्धका कारण चर्चाकी पात्र बनेकी हुन । केही समयअघि नेहा कक्कड र उनका प्रेमी हिमांश कोहलीबीच ब्रेकअप भएको खबर सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।जसमा नेहा स्वयमले आफ्नो आधिकारीक सामाजिक संजालको प्रयोग गर्दे आफ्नो ब्रेकअप भएको सामाचार सार्वजनिक गरेकि थिईन ।

यसैबीच नेहा कक्कडले आफ्ना प्रसंसक माझ यूट्युबबाट एक भिडियो शेयर गरेकी छन । जुन भिडियोमा नेहा ‘तेरा घाटा’ बोलको गित गाइरहेकी छन । नेहाको यो गीत सार्वजनिक भएसँगै उनले यो गीत पूर्वप्रेमी हिमांश कोहलीलाई जवाफ दिनकै लागि गाएको भन्ने चर्चा भईरहेको छ ।आफ्नो ब्रेकअप भएको सार्वजनिक गरेको केहि दिनमै उनले इन्स्ट्राग्राममा रहेका हिमांश कोहलीसँगका सबै तस्बिरहरु डिलिट गरसकेकी छन । एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...