लिभरपुल फेरी रोकियो बराबरीमा

काठमाडौँ,२२ माघ । जारी इंग्लिस प्रिमियर लिगमा लिभरपुलले दोस्रो खेलमा पनि बराबरीको खेलमा नै चित्त बुझाएको छ । सोमबार राति भएको खेलमा लिभरपुल वेष्टह्यामसँग १–१ कै बराबरीमा रोकिएको छ ।

वेष्टह्यामको मैदानमा भएको खेलमा साडियो मानेले खेलको २२औं मिनेटमा लिभरपुललाई अग्रता दिलाउन सफल भएका थिए । त्यसको ६ मिनेटपछि नै माइकल एन्टोनियोले गोल फर्काएपछि खेल बराबरीमामा आएको थियो ।

लिभरपुल शीर्ष स्थानमा कायम रहँदा वेष्टह्याम भने ३२ अंक सहित १२ औं स्थानमा छ ।२५ खेल सकिँदा सम्म लिभरपुलले जम्मा तीन अंकको अग्रता लिन सफल भएको छ ।अघिल्लो साता पनि लिभरपुल लेस्टर सिटीसँगको खेलमा १–१ को बराबरीमा नै चित्त बुझाएको थियो ।एजेन्सीको सहयोगमा

Comments

Loading...
Loading...

ताजा खबर

Loading...