क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : प्रचण्ड

ललितपुर, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टोलीका खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए ।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने उनले बताए ।

आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत अध्यक्षले बताए । अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

Loading...