सरकारविरुद्ध उत्रिँदा नेविसंघ अध्यक्ष महरसहित ६ जना पक्राउ (तस्विरसहित)

काठमाडौं, २२ माघ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

आज अपरान्ह अध्यक्ष महरसहित ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो । नेविसंघ पोखराका कार्यकर्तालाई प्रहरी प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महर, उपसभापति नवीन राईलगायत ६ जनालाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।

गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए । सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँच जना पक्राउ परेका छन् । उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन् । नेविसंघले मुलुकमा बढ्दै गएको हत्या, हिन्सा, बलात्कार, भ्रष्टाचार, महं‌गी रोक्न वर्तमान सरकार असक्षम भएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...