विदेशी शक्तिहरु दुई तिहाईको सरकारसँग सन्तुष्ट छैनन् : गृहमन्त्री थापा

सर्लाही, २२ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।

सर्लाहीमा आजदेखि सूरु भएको दोस्रो मूर्तिया महोत्सवको उद्घाटन गर्दै उनले निर्वाचनबाट पराजित भएका शक्तिहरु र केही विदेशी शक्तिहरु दुई तिहाईको सरकारसँग सन्तुष्ट नरहेकाले बर्तमान सरकार गिराउने खेलमा लागेको आरोप लगाए ।

जनताको शोषण गर्न पल्किएकाहरु गणतन्त्रलाई उल्ट्याएर पुरानै व्यवस्था लागु गर्न लागिपरेको पनि गृहमन्त्री थापाले दाबी गरे । ऐतिहासिक मुक्तेश्वर बाबा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।


ताजा खबर

Loading...
Loading...
Loading...