लियोनल मेस्सीको चोटमा बार्सिलोना तनावग्रस्त

काठमाडौँ,२३ माघ । कोपा डेल रेको सेमिफाइनलको खेल आज रातीदेखि शूरु हुन गैरहेको छ । पहिलो लेगमा रियल मड्रिडविरुद्ध खेल्ने तयारीमा रहेको बार्सिलोना भने यतिबेला लियोनल मेस्सी चोटग्रस्त रहेका कारण दवावमा रहेको छ ।

खेलका लागि बार्सिलोनाले मेस्सीलाई टिममा राखे पनि त्यो बेलासम्म उनी पूर्ण रुपमा फिट हुन्छन् की हुँदैनन् भन्नेकुराले बार्सिलोना चिन्तित बनेको हो ।मंगलबार भएको क्लबको प्रशिक्षणमा मेस्सी फर्किए पनि उनी पुर्णरुपमा फिट भइसकेका छैनन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा उनको थाइमा चोट लागेको थियो ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले टिम मेस्सीको फिटनेसमा शंकास्पद भएको बताउँदै अन्तिम समयसम्म कुर्ने बताए ।यसका साथै अर्का स्ट्राइकर डेम्बेले पनि पहिलो लेग गुमाउनसक्ने देखिएको छ । उनी पनि ह्यामस्ट्रिङको चोटबाट फिट भएका छैनन् ।मेस्सी पनि आफ्नो फिटनेसमा पूर्ण रुपमा विश्वस्त छैनन् । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना स्टार खेलाडीबिना नै उत्रँदा खेलको मज्जा नआउने क्लबले बताएको छ।एजेन्सी

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...