कर छलीको आरोपमा माउरिन्होलाई एक वर्षको जेल सजाय

काठमाडौं, २३ माघ । म्यान्चेष्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्होले एक वर्षको जेल सजाय र २ मिलियन युरो जरीवाना तिर्नुपर्ने भएको छ। कर छलीको आरोपमा उनलाई स्पेनको एक अदालतले एक बर्षको जेल सजाए सुनाईएको हो। यसैबीच उनले उक्त सजाय स्वीकार गरेका छन्।

तर, उनी जेलमा बस्नु नपर्ने भएको छ। स्पेनी कानुनमा सामान्यतया दुई वर्ष भन्दा कम समयको सजाय पाएका व्यक्तिले जेल बस्नु पर्दैन। तर जरिवानावापतको उक्त रकम उनले तिर्नुपर्ने हुन्छ।

सन् २०११ देखि १२ सम्म रियल मड्रिडमा प्रशिक्षक हुँदा माउरिन्होले ईमेज राईटमा आम्दानीको कर छलेको आरोप लागेको थियो।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्