केपी ओली काण्डै काण्डमा फसेको अर्को खुलासा (भिडियोसहित)

काठमाडौं, २३ माघ । सरकारलाई समर्थन गरेको दल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय काण्डै काण्डमा फसेको आरोप लगाएका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । सरकारबाट जनता निराश रहेको यादवको आरोप छ ।

सरकारलाई समर्थन गर्ने अनि सरकारकै आलोचना गर्ने काम राजपाले गर्नु भएन नि ? भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘निश्चित् रुपमा हाम्रो पार्टीले अहिलेपनि यो सरकारलाई समर्थन गरेको छ । हामीले सरकारलाई सहयोग गरेका छौं । तर, हामीले सरकारबाट जुन अपेक्षा गरेका थियौं । त्यो अपेक्षा यो सरकारले पूरा गर्न सकिरहेको छैन् ।’


ताजा खबर

Loading...
Loading...
Loading...