अमेरिकी राजदुतसँगको भेटपछि ओलीको रियाक्शन : म नेपालमा भएको भए विज्ञप्ती आउने थिएन, प्रचण्डको वक्तव्यमा स्लिप भएकै हो

काठमाडौं, २४ माघ । भेनेजुएला प्रकरणमा निकालिएको विज्ञप्तीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध चिसिएको छ ।

नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच यही विषयलाई लिएर सम्बन्धमा तरार पैदा भएको छ । ओलीले प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति लगभग दुई सातापछि कडा टिप्पणी गरेका छन् ।

ओलीले दाहालको विज्ञप्तीप्रति खुला असन्तुष्टी जनाएका छन् । मंगलबार मात्रै ओलीले नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लु बेरीसँग भेटवार्ता गरेका थिए । राजदुत बेरीसँगको भेटवार्तापछि ओलीले हिजो बुधबार साँझ प्रशारित टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ‘आफू नेपालमा भएको भए भेनेजुयलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...