जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा,२५ माघ ।जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।

उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो । उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गर्नुभएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...