कोपा डेल रे : बेटिस र भ्यालेन्सियाको बराबरी

काठमाडौं, २५ माघ । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल बेटिस र भ्यालेन्सियाले बराबरी खेलेका छन् ।

निकै रोमाञ्चक खेलमा दुवै टोलीबीच दुई–दुई गोलको बराबरी खेलेका हुन् । सेभियामा भएको खेलमा रियल बेटिसले दुई गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

रोमाञ्चक खेलको ४५ औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसपछि ५४ औं मिनेटमा जोक्विनले रियल बेटिसको अन्तर दुई–शून्यमा पु¥याए । दुई गोलले पछि परेको भ्यालेन्सियाले अन्तिम २५ मिनेटभित्रमा उत्कृष्ट कमब्याक गर्दै दुई गोल फर्काउन सफल भयो ।

७० औं मिनेटमा चेरसेचले गोल गरे भने खेलको इन्जुरी समयको दोस्रो मिनेटमा जामेरियोले गोल गर्दै खेल दुई–दुईको बराबरीमा पु¥याए ।

दोस्रो लेगमा हुने जितहारेले फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यसअघि पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बार्सिलोनाले पनि एक–एक गोलको बराबरी खेलेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...