अमेरिकालाई चिढ्याएर सहयोग रोक्ने षडयन्त्र भएको सांसद संग्रौलाको आरोप (भिडियोसहित)

काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले सरकारले अमेरिकालाई चिढाएको भन्दै अमेरिकी सहयोग रोक्ने षडयन्त्र भएको आरोप लगाएकी छिन् ।

शुक्रबार व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै सांसद सङ्ग्रौलाले नेपालले भेनेजुएलाको विषयमा बोलेर मित्रराष्ट्र अमेरिकालाई चिढाएको बताएकी हुन् । नेपालले शुरुदेखि नै असंलग्न नीति लिएको भन्दै भेनेजुएलाको सम्बन्धमा बोलेर अमेरिकालाई चिढाउनु गलत भएको उनको दाबी थियो ।

अमेरिकाको सम्बन्धमा बोलेर सरकार र नेकपाका नेताहरुले गलत गरेको भन्दै यसको कारण अमेरिकाले सहयोग रोक्न सक्ने खतरा रहेको बताइन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्