न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्न प्रतिबद्ध छु : प्रधानन्यायाधीश जबरा

काठमाडौँ, २५ माघ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने कार्यमा आफू प्रतिबद्ध रहेकोे बताउनुभएको छ ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिका जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताउनुभएको हो ।

प्रधानन्यायाधीश राणाले संविधान कार्यान्वयनमा ठोस योगदान दिने र न्याय सम्पादनलाई छिटोछरितो र पारदर्र्शी बनाउन प्रभावकारी तरिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले संवैधानिक इजलासमा संविधानसँग बाँझिएका विवादहरु सुनुवाइ हुने भएकाले संविधानले व्यवस्था गरेअनुरुप आफूले क्रियाशील तरिकाले अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराले आम नागरिक र न्यायपालिका बाहिरको क्षेत्रले संविधानको कार्यान्वयन, सुशासनको प्रवद्र्धन र न्यायपूर्ण समाज निर्माणमा न्यायपालिकाबाट ठोस योगदानको अपेक्षाअनुरुप आफूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संविधान जारी भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास सञ्चालनमा आएको तीन वर्ष भएको छ । अहिले संवैधानिक इजलासमा करीब २०० मुद्दा छन् । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...