ओलीविरुद्ध प्रचण्डको अभिव्यक्ति किन आयो ? मणि थापाले खोले रहस्य (भिडियोसहित)

माघ २६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामप्रति असन्तुष्टी व्यक्त गरेर प्रधानमन्त्री केपी ओलीलाई कडा चुनौति दिएका छन् ।

शुक्रबार एक कार्यक्रमा सम्बोधन गर्दा दाहाललले धेरै असन्तुष्टी पोखे । विगतकोभन्दा बढि आन्दोलन गर्नका लागि अर्को माओवादी जन्मिन सक्ने दाहालको अभिव्यक्तिले नेकपाभित्र खैलाबैला नै भएको छ ।

यस विषयमा दाहाल निकट मानिने नेकपाका नेता मणि थापासँग ऋषि धमलाले विशेष कुराकानी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै थापाले राष्ट्रिय राजनीतिमा विभिन्न खिचडी पाकेको अवस्थामा दाहालको अभिव्यक्ति स्वभाविक भएको बताए ।

सरकार र पार्टी दुवैको प्रस्तुती कमजोर भइरहेको भन्दै थापाले ओली सरकारले जनतालाई निराशा मात्रै दिएको आरोप लगाए ।

सांगठनिक एकताका लालि बनाइएको कार्यदलले पनि राम्रोसँग काम गर्न नसकेकाले पार्टीभित्र विवाद बढेको थापाले बताए ।

अघिल्लो वर्ष तिनै तहको निर्वाचन भएपछि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकीकृतको गठबन्धनले बहुमत प्राप्त गरेको थियो । बहुमत प्राप्त गरेसँगै विवादै विवादकाबीच केपी ओलीलाई प्रधानमन्त्री बनाइएको थियो ।

ओली प्रधानमन्त्री भएपछि गत जेठमा दुई दलबीच एकता भएको थियो । शीर्ष तहमा एकता भए पनि दुवै दलको सांगठनिक एकता अझै हुन सकेको छैन । यस्तो अवस्थामा अध्यक्ष दाहालले सरकारप्रति असन्तुष्टी पोख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिका र भेनेजुयला प्रकरणमा दाहालले अमेरिकाको विरोध गर्दै विज्ञप्ति जारीपछि सत्तारुढ दलभित्र थप तिक्तता देखिएको छ ।

भलै सरकारले दाहालकै विज्ञप्तिको बचाउ गर्यो । तर भित्र भित्रै दाहाल र ओलीबीचको सम्बन्ध चिसिदै गएको अनुमान गरिएको छ । सरकारप्रति दाहालको आक्रोषले पनि यो अनुमानलाई बल पुर्याएको छ ।।

Comments

Loading...
Loading...

ताजा खबर

Loading...
    सम्बन्धित शीर्षकहरु