ओलीविरुद्ध प्रचण्डको अभिव्यक्तिपछि सामाजिक संजालमा कसले के लेख्यो ?

माघ २६, काठमाण्डौ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका पछिल्ला अभिब्यक्तीबारे तल्ला तहका नेताहरुले चिन्ता ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमै नेताहरुले पार्टी बिभाजन समेत हुन सक्ने संकेत गर्दै तत्काल छलफलको प्रक्रिया अगाडि बढाउन नेतृत्वलाई सचेत गराएका हुन् ।

सरकार गठन र पार्टी एकतापछि राजनीति र सरकारका काम कारवाहीका बिषयमा नेकपा अध्यक्ष दाहाल प्राय मौन बसे । शुक्रबार एक्कासी दाहाल सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएपछि अहिले नेकपाभित्र बहस सुरु भएको छ । नेकपा नेता भिम रावलले बिगतमा देश र सरकारका बिषयमा विवाद हुँदा पार्टी नै फुटेका उदाहरण भएको भन्दै पार्टीमा देखिएको विवाद संयमित भएर टुङगोमा पु¥याउनुपर्ने ट्वीट गरेका छन् ।

नेकपा नेता इश्वर पोखरेलले परिस्थिति र पार्टी एकताका सन्दर्भमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले पार्टीको नेतृत्वमा तिरस्कृत पात्रहरु आउन नहुने उल्लेख गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि नेकपाभित्रको आन्तरिक विवादमा चासो देखाएको छ । प्रवक्ता बिश्वप्रकाश शर्माले ब्यङग्य गर्दे नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा देश डुब्न लाग्यो कोही माझी बचाइदेउ भनेको स्मरण गर्दे अध्यक्ष दाहाललको अभिब्यक्तीबारे बोल्न ट्वीट गरेका छन् ।

पूर्व सभामुख दमननाथ ढुङगानाले नेकपामा देखिएको बिवादले संविधानको जग हल्लीने तर्फ सचेत गराएका छन् ।

नेकपाको बिवादमा नेताहरुले मात्रै ट्वीट गरेका छैनन् बौद्धिकबर्गका साथै सञ्चारकर्मीहरुले समेत टिप्पणी गरेका छन् ।

सरकार गठन भएको एक बर्ष पुग्नै लाग्दा र पार्टी एकता तल्लो तहसम्म हुन नसक्दा पार्टी नेतृत्वप्रति नेताहरुले तीब्र असन्तुष्टि जनाइरहेका छन् । तर, पटक–पटक नेतृत्वलाई एकता टुङग्याउन र सरकारको काम कारवाहीलाई जनतामूखी बनाउन माग गर्ने कार्यकर्ता समेत सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...