‘गाडीमा अनियमितता गर्नेलाई प्रमुख अतिथि बनाउने कि नबनाउने ?’

बुटवल, २६ माघ । मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा गरेको अनियमिततामा दोषीलाई कार्बाही गर्न नागरिक समाजले आन्दोलन थाल्नुपर्ने बताएका छन् ।

आज रिर्पोर्टस क्वल ५ नम्वर प्रदेश कार्यलय बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारीबादि नेता कृष्ण पहाडीले यस्तो धारणा व्यत गरेका हुन् ।

‘गाडी खरिदमा घोटाला गर्नेमा संलग्न भएकाहरुलाई तपाइँहरु भोलि प्रमुख अतिथि बनाएर बोलाउने कि नबोलाउने ? उनले प्रश्न गरे–तपाइँहरु जो जसले गाडी खरिदमा अनियमितता गरेका छन्, उनीहरुलाई कारबाही गर्नका लागि आवाज उठाउनुस् ।’

उनले नागरिक समाजले जहिलेपनि व्यक्तिभन्दा पनि विषय र प्रवृत्तिको विरोध गर्ने उल्लेख गर्दै देशभर भ्रष्टाचारको विरोधमा शान्ति समाजले अभियान थालेको बताए ।

‘हामी भ्रष्टाचारको विरोध गर्छौं, तर सरकारविरोधी आन्दोलन गर्दैनौं, सरकार संसद्ले बनाएको हो, जनताले सांसद् चुनेका हुन्, उनले भने–‘हामी संसद्को सर्वोच्चतालाई मान्छौं र सरकार विरोधी वा सरकार परिवर्तन गर्ने आन्दोलन गर्दैनौं, हामी शान्तिपूर्ण आन्दोलनकै पक्षमा छौं ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर दिएको प्रतिक्रिया कुटनीतिक रुपमा कमजोरी देखिएको बताए ।

‘अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन, उसले भनेका कुरामा विमति हुन सक्छन्, तर हाम्रो जस्तो सानो मुलुकले अरु दुई मुलुकका बीचमा भएका विवादमा प्रतिक्रिया दिन आवश्यक छैन, उनले भने–दुईवटा हात्ती लँडे भने मिचिने भनेको घाँस हो, हामी त्यतातर्फ नजाऔं ।’

पहाडीले नेपालमा भष्ट्राचार तिनै तहमा देखीएको भन्दै भष्ट्रचारलाई सुन्य सहनिसिलतामा ल्याउनको लागि सवै एकजुट हुनुपर्ने बताए । जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजीनामा माग दोहारए । मानव अधिकारी तथा शान्ति समाजले मन्त्री अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारी पदमा बस्नुको लागि उपयुक्त नहुने यस अधि नै बताएको छ ।

उनले प्रधानमन्त्री ओलिलाई रविन्द्रलाई र्बखास्त गर्न नसक्नु ठुलो कमजोरी भएको बताए ।स्थानीय तहमा समेत भाग भन्डा गरेर भष्टाचार गर्ने चलन बृद्धि भएको बताए ।

कार्यक्रम रिर्पोर्टस क्वलका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षमा भएको कार्यक्रमा राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष बालकृष्ण चापागाई , शान्ति समाज बरिष्ठ उपाध्यक्ष गोबिन्द खनाल पनि बोल्नु भएको थियो । भने संचालन रिर्पोर्टस क्वलका प्रदेश सदस्य कपिल ज्ञवालीको गर्नु भएको थियो ।

Comments

Loading...
Loading...

ताजा खबर

Loading...