ओलीले दायाँबायाँ भ्रष्टाचारी राखेको गगन थापाको आरोप (भिडियोसहित)

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व मन्त्री गगन थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको मन्त्रिमण्डल भष्ट्रहरूको क्लब भएको गम्भिर आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो गम्भिर आरोप लगाएका हुन् । उनले भने, सरकारले दायाँबायाँ भ्रष्टाचारी राखेको छ। त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई लोभीको संज्ञा दिएका छन् । थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कायर भएको आरोप लगाए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...