होसियार ! ट्राफिक जरिवाना तीन गुणा बढ्दैछ, टुटल, पठाओ पनि फन्दामा

माघ २७, काठमाण्डौ । सवारी तथा यातायात व्यवस्था ऐनले सवारी साधन चालकलाई थप जिम्मेवार बनाउने भएको छ । ऐनमा ट्राफिक जरिवाना तीन गुणासम्म बढाउने व्यवस्था गर्न लागिएको छ ।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउन लागिएको हो ।

अहिले सामान्यतया ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । यातायात व्यवस्था विभागले ९ हजारसम्मको पनि जरिवाना गर्न सक्छ ।

अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने विभागले तयारी गरेको छ । अहिले सङ्घीय ऐनको विभागले मस्यौदा तयार पारिरहेको छ । करिब दुई सातामा मस्यौदा तयार हुनेछ ।

त्यसैगरि लाइसेन्स लिनका लागि उमेर र लाइसेन्स अवधि बढाउन लागिएको छ । अहिले दुई पाङ्ग्रे सवारीसाधनमा १६ वर्षदेखि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर यसलाई १८ वर्ष बनाउने विषयमा छलफल भइरहेको छ ।

ट्राफिक प्रहरीले दुईपाङग्रेका लागि १८ र चारपाङग्रेका लागि २५ वर्ष बनाउन सुझाव दिएको छ । लाइसेन्सको अवधि १० वर्ष राखेर जारी गर्न लागिएको छ । अहिले पाँच वर्षको लागि लाइसेन्स जारी हुने गरेको छ ।

सवारीसाधन चलाउँदा मोबाइल फोन चलाए पनि जरिवाना गर्ने गरी नियम ल्याउन लागिएको छ । अहिले मोबाइल फोन चलाएर कस्तो कारबाही गर्ने भन्ने तोकिएको छैन ।

केही समयअघि विवादमा आएका टुटल, पठाओजस्ता सेवा प्रदायक माध्यमलाई पवनि ऐनमा समावेश गर्न लागिएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्