लक्ष्मणलाल कर्णको घोषणा : सरकारलाई दिएको समर्थन फिर्ता लियौँ

माघ २७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

सरकारले प्रभावकारी काम गर्ने अपेक्षासहित समर्थन गरे पनि नतिजा त्यस्तो नआएको कर्णको तर्क छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले पछिल्लो समय सरकारलाई दिएको समर्थनको औचित्य सकिएको बताए ।

प्रधानमन्त्री केपी ओलीबाट गरिएको अपेक्षा पूरा नभएकाले राजपा अहिले विपक्षी दल जस्तै बनिसकेकोसमेत कर्णले बताए ।

“हामीले राखेका माग पूरा गराउनका लागि ज्ञापनपत्र बुझायौँ । प्रधानमन्त्रीसँग पटकपटक भेट्यौँ । तर अब सरकारलाई दिएको समर्थनको औचित्य रहेन । अहिले हामी विपक्षीमा छाँै । अहिलेको सरकारलाई राजपाको समर्थन छैन ।” कर्णले भने ।

नेता कर्णले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार नदिएकाले संघीयता नै संकटमा परेको बताए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्