एउटै पार्टीको दुई अध्यक्ष हुनु जटिल रैछ : हरिबोल गजुरेल

माघ २७, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र कुनै समस्या नभएको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले अध्यक्षद्धय केपी ओली र प्रचण्ड जसले बोले पनि त्यसको अर्थ रहने भन्दै विवाद नै भने नभएको बताएका हुन् ।

एउटै पार्टीमा दुई जना अध्यक्ष हुनु नै कठिन विषय भएको भन्दै उनले विरिलै भएको अभ्यास नेकपाले गरेकाले जटिलता देखिएको बताए ।

अमेरिका र भनेजुयला प्रकरणमा नेकपा सचिवालयले प्रचण्डकै आशय मिल्ने गरी भेनेजुयलाको पक्षमा विज्ञप्ति निकालेको स्मरण गराउँदै गजुरेले यस विषयमा समस्या नरहेको बताए ।

प्रचण्डले सरकारको आलोचना गर्दै नयाँ माओवादी जन्मिने अभिव्यक्ति दिएपछि अहिले नेकपामा तरंग पैदा भएको छ ।

पार्टी एकता प्रक्रिया पूरा नभएको संक्रमणकालिन अवस्थामा यस्ता प्रकारका बहस हुनु स्वभाविक भएको गजुरेलले बताए । ओलीलाई असफल बनाउनका लागि प्रचण्डले कुनै पनि अभिव्यक्ति नदिएको गजुरेलले बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्