बीपी उद्यान मासेर पार्क निर्माण गर्न लागेकोमा कांग्रेसको गम्भिर आपत्ति

काठमाडौं, २७ माघ । पर्साको वीरगंजमा बीपी उद्यान निर्माणका लागि छुट्याइएको जग्गामा प्रदेश २ को सरकारले सहिद स्मृति पार्क निर्माण गर्न लागेकोमा नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको माघ २४ गते बसेको बैठकले वीरगंजमा २०४९ सालमै बीपी उद्यानका लागि छुट्याएको १० विघा जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको हो ।

आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले यसबारे गम्भिर आपत्ति गरेको जनाए । मुलुककै सर्वमान्य नेता बीपीको नाममा स्थापना गर्न लागिएको उद्यानको जग्गामा सहिद समृति पार्क बनाउने प्रदेश सरकारको निर्णयप्रति पार्टी केन्द्रीय कार्य समितिले गम्भिर आपत्ति जनाएको शर्माले बताए ।

उनले बीपी उद्यान निर्माण गर्ने सो निर्णय यथास्थितिमै राखेर बीपी उद्यान निर्माण प्रक्रिया तत्काल सुरु गर्न पनि सरकारसँग माग गरे ।

प्रवक्ता शर्माले २०६० साल कार्तिकमा तत्कालीन श्रम तथा यातायातमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अर्कै नाममा अहिले आएर पार्क बनाउन खोज्नु वर्तमान सरकारकै गलत मनसायको उपज भएको टिप्पणी गरे ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...