सरकारले गरेका राम्रा कामको पनि विरोध भएको मन्त्रीको गुनासो

काठमाडौ, २८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले सरकारलाई काम गर्न नदिने षड्यन्त्र भई रहेको बताएका छन् ।

सोमबार काठमाडौमा भएको एक कार्यक्रममा उनले कम्युनिष्ट सरकारलाई काम गर्न नदिए पनि परिवर्तन यही सरकारबाट मात्र सम्भव हुने जिकिर गरे ।

मन्त्री अधिकारीले सरकारले गरेका राम्रा कामको पनि विरोध हुने गरेको भन्दै विरोधबाट परिवर्तन सम्भव नरहेको बताए । मन्त्री अधिकारीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि सम्भव हुने भएकाले यस क्षेत्रका लागि व्यवस्थित ढंगबाट योजना बनाउने जानकारी दिए ।


ताजा खबर

Loading...
Loading...
Loading...