विद्यार्थी नेताहरुलाई पक्राउ गरिएकोमा सरकारको ध्यानाकर्षण

काठमाडौ, २८ माघ । राष्ट्रिय सभाको सोमबारको बैठक ११ मिनेटमा नै स्थगित गरिएको छ । विभिन्न विधेयकहरु सम्बन्धी प्रस्तावहरु पारित गर्दै बैठक मंगलबार फेरि बस्नेगरी स्थगित भएको हो ।

बैठक सुरु भएपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएको वेपत्ता पारिएका व्यक्ति, सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकको पारित सम्बन्धी सूचना राष्ट्रिय सभामा पेश गरेका थिए । सो सन्देश सुनाएसँगै नेपाली काँग्रेसका सांसदहरुले राष्ट्रिय सभा अध्यक्षसँग समय माग गरेका थिए ।

त्यसपछि काँग्रेस सांसद विन्दा आलेले केही दिन अघि नेपाल विद्यार्थी संघका कास्की शाखाका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको विषयमा सभामार्फत् सरकारको ध्यानाकर्षण गराएकी थिईन् । उनले ती नेताहरुले जलाउँदै नजलाएको गाडी समेत जलाएको भनी झुठा मुद्दामा अझै थुनामा राखेको भन्दै सरकारको विरोध समेत गरेकी थिईन् ।

उनले संसद मार्फत् नै सरकारलाई ती विद्यार्थीहरुलाई यथासक्य चाँडो रिहा गर्न समेत सरकारसँग माग गरेकी थिईन् । निर्मला पन्तको हत्यारालाई ५ महिनासम्म पत्ता लगाउन नसकेको सरकारले ७ दिनदेखि विभिन्न विद्यार्थीहरुलाई थुनामा राखेको भन्दै उनले विरोध गरेकी हुन् ।

 


ताजा खबर

Loading...
Loading...
Loading...