स्पेनिस ला लिगामा लेभान्ते पराजित

काठमाडौं,२९ माघ । स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा लेभान्तेलाई २–० ले हराउँदै अलाभेष अंक तालिकाको छैठौं स्थानमा उक्लिएको हो ।

अलाभेषको जितमा भिक्टर लाग्वार्डिया र जोनी रोडग्रिवेजले गोल गरे । २३ खेलबाट ३५ अंक जोडेको अलाभेषले रियल बेटिसलाई पछि पारेको छ । चौथो स्थानको गेटाफेसँग समान अंक भए पनि अलाभेष गोलअन्तरका आधारमा पछि पर्दै छैठौं स्थानमा छ ।

एजेन्सीको सहयोगमा 


ताजा खबर

Loading...
Loading...
Loading...