अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

काबुल,२९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ ।स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् ।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गर्नु भएको थियो ।त्यसैगरी उहाँ सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष पनि हुनु भएको थियो । सन् २००१ को अन्त्यमा  तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उहाँले अनुमोदन गर्नु भएको थियो ।

पूर्व राष्ट्रपति मुजाद्धिदी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुनुहुन्छ ।उहाँको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।एजेन्सी

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...