पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिन : प्रचण्ड (भिडियोसहित)

काठमाडौं, २९ माघ । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु पहिलो पटक सरकारमा गएका बेला कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् ।

मङ्गलबार काठमाडौमा सरल सहयात्रीद्वारा लिखित शिखरको ढुङ्गा नामक पुस्तक सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘पहिलो चोटी सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिन, गर्ने कुरा पनि थिएन । यथार्थतामा त वस्तुगत र आत्मगत स्थितिको मिलनअनुसार विवेकले निर्णय लिने कुराहरु हुन् । अनुभव नै नभएको क्षेत्रमा उत्पात गर्ने कुरा सम्भव थिएन ।’

तस्विर : मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...