गोपाल खड्का साढे २ करोड धरौटी बुझाएर तारेखमा छुटे

काठमाडौं, २९ माघ । गैरकानुनी सम्पत्ति आर्जनको आरोप खेपेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

खड्कासँग विशेष अदालतले साढे २ करोड रुपैयाँ धरौटी मागेको हो । मङ्गलबार विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपैयाँ माग गरेको थियो।

अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...