धुम्बाराहीमा जनयुक्त दिवस मनाईयो, वामदेवदेखि को-को पुगे ?

काठमाडौं, फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको आज स्मरण गरेको छ । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो ।

तर, तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भएपछि यो दिनलाई जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम नाम दिएर मनाएका छन् ।

नेकपाले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ । यसअघि नेता वामदेव गौतम सहभगी भएर कार्यक्रमबाट बाहिरिएका छन् । तर प्रधानमन्त्री ओली भने कार्यक्रममा सहभागी हुनेछैनन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...