पार्टीलाई जनयुद्ध दिवस मान्य छैन, त्यो प्रचण्डको एकल निर्णय हो : नेपाल

काठमाडौं, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको टिप्पणी गरेका छन् ।

बुधबार जनकपुर पुगेका नेता नेपालले पार्टीले जनयुद्ध दिवस मनाउने निर्णय प्रचण्डको निजी निर्णय भएको बताएका हुन्। उनले भने,‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...