जनचाहनाअनुसार काम भैरहेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, १  फागुन। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनचाहना पूरा गर्न थालेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले बहुमतको सरकारले जनताले चाहेको काम पूरा गर्न थाले पनि केही तत्वले भने यस्तो नचाहेको आरोप लगाए ।

ओलीले नेपाली जनता आफैंले बनाएको संविधानअनुसारको गतिशील सरकारका कारण मुलुक सुशासनतर्फ अघि बढेको दाबीसमेत गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै उनले नेपालमा गरिबी र बेरोजगारी रहन नहुनेमा जोड दिए । प्रधानमन्त्री ओलीले अब फागुन १ गतेलाई ‘रोजगारी दिवस’कारुपमा मनाइने जानकारी दिए । उनले नेकापाभित्र विवाद ल्याउन गरिएका प्रयास थामिनसक्नु भएपनि त्यस्ता प्रयास सफल नहुने बताए ।

कुनैपनि मित्रराष्ट्रविरुद्ध ‘कार्ड’ प्रयोग नगर्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्तासम्पन्न मुलुक भएकाले अन्तर्रा्ष्ट्रिय उत्तरदायित्वअनुसार कुनैपनि घटनाबारे बोल्नसक्ने स्पस्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...