समाजकल्याण परिषदमा ब्यापक अनियमितता, दुई पूर्वमन्त्रीसहित आठ जना दोषी ठहर

काठमाडौं । समाजकल्याण परिषदका अध्यक्षसमेत रहेका तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र विक्रमबहादुर थापासहित परिषदका आठ पदाधिकारीले अनियमितता गरेको पाइएको छ ।

तत्कालिन दुई मन्त्रीसहित कोषका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष बीरबहादुर ठगुन्ना, सदस्य सचिब डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरु राकेश हमाल, इन्द्रकुमार झालगायतले अनियमितता गरेको भन्दै आवश्यक कारवाही गर्न अख्तियारसमक्ष सिफारिस गरिएको छ ।

सरकारद्वारा परिषदमा भएको अनियमितता छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले कोषमा ब्यापक अनियमितता भएको ठहर गर्दै उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही अघि बढाउन अख्तियारसमक्ष सिफारिस गरेको हो । -राजधानी दैनिकबाट

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्