गगन थापाको ‘भ्यालेण्टाइन डे’

फागुन २, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले भ्यालेण्टाइन डेका दिन आज विशेष कार्यक्रम नराखेको बताएका छन् ।

समय मिलाएर जुनसुकै बेला पनि परिवारसँग विताउने गरेको बताउँदै उनले प्रेमको विषयमा सबैको आ–आफ्नै बुझाई हुने बताए ।

भ्यालेन्टाइन डेलाई धेरै महत्व दिएर कहिल्यै पनि विशेष कर्यक्रम नगरेको थापाले बताए ।

“म, मेरी श्रीमती, छोरीहरु, बुबा आमाबीच माया सधैँ छ । दुःखमा साथ दिने कुराले नै माया झल्काउँछ ।” थापाले भने ।

विवाह गरेको १२ वर्ष भइसकेकालले अहिले त श्रीमती साथी जस्तो भइसकेको थापाले बताए ।

उमेर र विवाह गरेको अवधिका हिसाबले वैवाहिक जीवनको महत्व फेरिनै जाने उनको तर्क छ ।

उमेरअनुसार प्रेम र जीवनको चरण पनि फरक फरक हुने थापाले बताए ।
थापाले प्रेम विवाह गरेका हुन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...