च्याम्पियन्स लिग : रियल मड्रिडद्वारा आयाक्स पराजित

काठमाडौं, २ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती रियाल मड्रिड र टोटनह्याम हट्सपर विजयी भएका छन् । प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा स्पेनीस क्लब रियाल मड्रिडले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा २–१ ले हरायो ।

रियाललाई विजयी गराउन करिम बेन्जमा र मार्को एसेन्सीयोले एक एक गोल गरे । आयाक्सका हकिम जियचले एक गोल फर्काए । गएराती भएको अर्को खेलमा इङ्गलिस टोली टोटनह्याम हट्सपरले जर्मनीको बोरुसीया डर्टमण्डलाई ३–० ले पराजित गर्‍यो ।

आफ्नै मैदानमा टोटनह्यामलाई सहज जित दिलाउन हिउङ मिन सन, यान भर्टोङ्गेन र फर्नान्डो लोरेन्तेले एक एक गोल गरे ।  बोरुसीया डर्टमण्ड र टोटनह्यामबिचको दोस्रो लेगको खेल आगामि मार्च ६ तारिखमा जर्मनीमा हुनेछ । सोही दिन स्पेनमा रियाल मड्रिड र आयाक्स भिड्नेछन् ।

एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...