Logo

प्रधानमन्त्री ओलीद्धारा पानी जहाज कार्यालयको उद्घाटन



काठमाडौं, २ फागुन । नेपाल सरसरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी शर्मा  ओलीले आज नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरे ।

एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह–सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । भारतले गण्डक नदी हुँदै नेपाली सीमासम्म पानीजहाज आउने गरी नयाँ परियोजनाको काम थालेको छ ।

भारतका सिपिङ, जलस्रोत र नदी विकास मन्त्री नितिन गडकरीले पटनाको गाईघाटबाट बगाहासम्म पानीजहाज ल्याउने परियोजनाको गत सोमबार शिलान्यास गरेका थिए ।

भारतको सिपिङ मन्त्रालयले हल्दिया बन्दरगाहबाट नेपाली सीमासम्म पानीजहाजमा सामान ढुवानी गर्न यो परियोजना बनाउन लागिएको जनाएको छ । नेपाली सीमाबाट नजिकैको बगाहासम्म पानीजहाज ल्याउन भारतले काम थालेपछि अब नारायणी नदीमा पनि पानीजहाज चलाउने कुराले सार्थकता पाउने नेपाली अधिकारीहरूले बताएका छन् ।

कोसी र गण्डकीमा पानीजहाज चलाउनेबारे थप अध्ययन र छलफल गर्न भारतीय प्राविधिकको टोली काठमाडौं आउँदैछ ।



प्रतिक्रिया दिनुहोस्