विश्व शान्ति मानव कल्याणको कामना गर्दै डोल्पो पुजा

काठमाडौं, २ फागुन । विश्व शान्ति मानव कल्याण र बिशेषगरि नेपालमा स्थायी शान्तिको कामना गर्दे डोल्पो समाजको आयोजनामा तीनदिने बिशेष पुजा बुधबारबाट काठमाडौमा सुरु भएको छ ।

विश्व शान्ति तथा सम्पूर्ण मानवजातीको कल्याणका लागी पुजा आयोजना गरिएको डोल्पो समाजले जनाएको छ । ल्होछारको अवसरमा आयोजना गरिएको पुजामा डोल्पाबाट रिन्पोछे लगाएतका धर्मगुरु तथा माथिल्लो डोल्पाका रिम्पोछे र आनीहरुको सहभागीता थियो ।

पुजाकै लागि माथिल्लो डोल्पाबाट सर्वसाधारण काठमाडौ आएका थिए । डोल्पो समाजका अध्यक्ष बौद्ध धर्म गुरु निमा रिम्पोचेले समस्त प्राणीको कल्याणका लागी समाजले बर्षै्पिच्छे पुजाको आयोजना गर्ने गरिएको बताए ।

पूजा अन्तर्गत फाल्गुन ४ गते बिशेष कार्यक्रम गरिने र कार्यक्रममा प्रधानमन्त्रीको पनि सहभागीता हुने उनले बताए । यसअघि बिनासकारी भूकम्पपछि ४९ दिने पूजाको आयोजना गरेको थियो । कार्यक्रममा डोल्पाको भेषभुषा झल्कने सास्कृतिक प्रस्तुती आयोजना गरिएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्