‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ भारतबाट फोटोकपी गरेको होईन : मन्त्री विष्ट (भिडियोसहित)

काठमाडौं, २ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूहरुले अघि सारेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रभावकारी हुने विश्वास दिलाएका छन् ।

बुधबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री विष्टले आफूहरुले यो कार्यक्रम भारतबाट फोटोकपी नगरेको समेत जिकिर गरे ।

कार्यक्रमको सुरुवातमै पत्रकार धमलाले तपाईहरुले यो कार्यक्रम भारतबाट किन फोटोकपी गर्नुभयो भनेर सोधेका थिए ? त्यसको जवाफमा मन्त्री विष्टले भने,‘हामीले यो कार्यक्रम नेपालको आफ्नै मौलिक विशेषतामा आधारित भएर ल्याएका छौं । यस्तै प्रकारका कार्यक्रमहरु अन्य देशमा पनि नभएका होईनन् । भारतलगायत अन्य देशहरुमा पनि यो प्रकारको कार्यक्रम लागु भएकै हुन् ।’


ताजा खबर

Loading...
Loading...
Loading...