काठमाण्डौ उपत्यकाका ढुंगेधारा लोप हुँदै, महानगरको योजना छैन

फागुन ८, काठमाण्डौ । काठमाडौं उपत्यकाको मौलिक पहिचानकारुपमा ढुंगेधारालाई पनि लिन सकिन्छ । परापूर्व कालमा ढुंगेधाराकै पानीले जनताको तिर्खा मेटिन्थ्यो । तर अहिले ढुंगे र धाराको विछोड भएको छ ।

पानीका स्रोतहरु सुक्दै जाँदा पानीको धारा छैन । ढुंगाको संरचना मात्रै छ । सम्बन्धित निकायले त झन अब ति धारामा पानी आउने व्यवस्था गर्न नसकिने घोषणा नै गरेका छन् ।

उपत्यकामा खानेपानीको समस्या चुलिँदै जाँदा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका ढुंगेधाराहरू भने लोप हुँदैछन् । बढ्दो जनसंख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका ढुंगेधाराहरू भत्काइएका पनि छन् । केही संरक्षण र जीर्णोद्धारको अभावमा रहेका छन् । ढुंगेधाराबाट पुनः पानी आउने व्यवस्था गर्नका लागि के गर्न सकिन्छ भन्ने जिज्ञासामा ललितपुर महानगरपालिकाले आफूहरुलाई पानीको मुहान कहाँ छ भन्ने जानकारी नै नभएको जवाफ दिएको छ ।

महानगरअन्तरगतको संपदा संस्कृति पुरातत्व केन्द्रका प्रमुख चन्द्रशोभा शाक्यले ढुंगेधाराबारे वैज्ञानिक जानकारी लिन सक्ने जनशक्तिसमेत नभएको बताउइन् ।

ललितपुर जिल्लामा ८६ वटा ढुंगेधारा छन् । तिमध्ये ६ वटा लोप भइसकेका छन् । भएका २१ वटामा पानी आउँदैन । जसका कारण उपभोक्तासमेत प्रभावित छन् । मेलम्चीको पानीको आशमा बाँचेका उपभोक्ता ढुंगेधारा धाउन बाध्य छन्, तर पानी नै आउँदैन ।

काठमाडौं उपत्यकामा ३३ भन्दा बढी ढुंगेधारा पूरै लोप भइसकेका छन् । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै ढुंगेधाराको उपयोगमा कमी आएको देखिन्छ । कतिपय ढुंगेधाराहरु घर, बाटो बनाउँदा पुरिए भने, डिप बोरिङका कारण पनि पानीको मूल नै सुक्दा कतिपय ढुंगेधारा सुकिसके ।

३ सय ६५ ढुंगेधारामध्ये ७३ लोप भए काठमाडौंमा २ सय ४, पाटनमा ६३ र भक्तपुर नगरपालिकाभित्रमा ९८ गरी ३ सय ६५ ढुंगेधारा रहेका छन् । जसमध्ये ७३ ढुंगेधारा हराइसके भने ९ वटा लोप भैसकेका छन् । ऐतिहासिक र महत्व बोकेका ढुंगेधाराको संरक्षणमा भने ध्यान जान सकेको छैन ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्