‘वाइडबडी विमान भ्रष्टाचारमा सरकार किन चुप लागेर बस्यो ?’

काठमाडौं, ८ फागुन । सत्तारुढ दल सत्तारुढ संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले वाइडबडी विमान भ्रष्टाचारमा सरकार किन चुप लागेर बस्यो ? भन्दै प्रश्न तेर्साएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले वाइडबडी विमान खरिदका दोषीलाई कारबाही नगरेकोमा आपत्ति जनाएका छन् ।

सार्वजनिक लेखा समितिले प्रतिवेदन दिएको एक महिनाभन्दा बढी हुँदा प्रतिवेदन सार्व्जिनक नभएको र कारबाही अगाडि नबढेको भन्दै उनले आपत्ति जनाएका हुन् ।  उनले भने,‘सार्वजनिक लेखा समितिले गोलमाल गरेर पनि प्रतिवेदन पठायो । तर महिनौं वितिसक्यो त्यो सरकारले सार्वजनिक गरेको छैन ?, के हो सभामुख महोदय मैले बुझिरहेको छैन जनता निराश भइसके ।’


ताजा खबर

Loading...
Loading...
Loading...