खेलकूद मैदान निर्माणका लागि महायज्ञ, हरियाली समाजले दियो १ लाख ५१ हजार

फागुन ८, काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनले ३ अर्वको लगानीमा चितवनमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने चर्चा चलिरहेका बेला काठमाणडौको तारकेश्वर नगरपालिकामा अर्को अभियान चलिरहेको छ ।

नगरपालिकाको वडा नम्बर ५ स्थित गोलढुंगा खेलकूद मैदानलाई व्यवस्थित रंगशाला बनाउने उद्धेश्यले श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

खेलकूद मैदानका लागि उचित ठाउँ हुँदा हुँदै पनि राज्यले वेवास्ता गरेकाले स्थानीको पहलमा खर्च जुटाउनका लागि महायज्ञ संचालन गरिएको हो ।

हरियाली समाजका सचिव कृष्ण खनाललगायतको टोली

महायज्ञमा बाचन प्रविण दिनबन्दु पोखरेलसमेत सहभागि छन् । यही ४ गतेदेखि सुरु महायज्ञ १० गतेसम्म चल्ने छ । खेलकूद मैदानलाई व्यवस्थित गर्नका लागि रकम संकलन गर्न गरिएको महायज्ञमा सहयोगी हातहरु पुग्ने क्रम जारी छ ।

बुधकार स्थानीय सामाजिक संस्था हरियाली समाजले रु १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ । खेलकूद क्षेत्रको विकासका लागि आफूहरुले सहयोग गरेको समाजका सचिव कृष्ण खनालले बताउनुभयो ।

खनालकै नेतृत्वमा समाजले आज उक्त रकम हस्तातन्तरण गरेको हो । खनालले अन्य संघ संस्था र व्यक्तिलाई पनि सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

सोही क्षेत्रका समाजसेवी सुदर्शन आचार्यको सपना साकार बनाउन खेलकूद मैदानलाई व्यवस्थित गर्न खोजिएको हो । परिकल्पनाकारसमेत रहेका आचार्य अघिल्लो वर्ष दिवंगत भइसकेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...