Logo

हेलिकप्टर दुर्घट्नामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन



काठमाडौं, १५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको छ ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । एयर डाइनेस्टीकाअनुसार दुर्घट्नामा परी मन्त्री अधिकारीसहित, पाइलट प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल,

पाथीभरा दर्शन गरेर फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्