‘कर्णालीका सैना’ सर्वाधिक चर्चामा(भिडियोसहित)

काठमाडौँ । विज्ञान रोकाय र इरानी भामको स्वरमा नयाँ देउडा गीत बजारमा आएको छ। ‘कर्णालीका सैना’ बोलको उक्त गीतको शब्द, संगीत गायक रोकायले निमार्ण गरेका छन्।

विज्ञान रोकायको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो निर्देशन दीपक भण्डारीले गरेका छन्। नरेश ऐरले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन्। गीतले मेची(महाकाली जोड्ने प्रयास गरेको छ।

राष्ट्र र राष्ट्रियतालाई गीतमा उतार्ने कोसिस गरिएको छ। विषेश गरी प्राकृतिक सुन्दरता र कर्णाली क्षेत्रका विभिन्न स्थानहरुलाई गीतका शब्दमा समावेश गरिएको छ। राजेश कुवंरले सम्पादन गरेको गीतको भीडियोमा शेर साउद र आरुसी मगरको अभिनय देख्न सकिन्छ।


ताजा खबर

Loading...
Loading...
Loading...