वाइडबडी प्रकरणमा रविन्द्र अधिकारी निर्दोष भन्दै किन हिँड्नुपर्यो, अख्तियार छ नि

फागुन २१, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सबै क्षेत्रमा हस्तक्षेपकारी नीति लिएको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।

सभापति देउवाले सरकारले साईबर क्राईमको नाममा फेस बुकलगायतका सामाजिक संजाल संचालनमा समेत नियन्त्रण गर्ने तयारी गरेको दावी गर्दै आपत्ति पनि जनाउनु भयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रजातान्त्रिक अधिकारलाई नियन्त्रण गर्दै मुलुकमा अधिनायकवाद लाद्न असली गतिविधि संचालन गरिरहेको आरोप पनि लगाउनु भयो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादको प्रतिक बन्न खोजीरहेको आरोप लगाउनु भयो । उहाँले हेलिकप्टर दुर्घटनामा परेर निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई वाईडबडी विमान खरिदमा निर्दोष रहेको अभिव्यक्ति दिएर प्रधानमन्त्री ओली आफै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको भूमिकामा आएको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

आफैं न्यायालय, आफैं अख्तियार प्रमुख भए जसरी प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति आउनु सर्वसत्तावादी सोचकै परिणाम भएको वरिष्ठ नेता पौडेलको दावी छ ।

काँग्रेस वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको पनि दोहो¥याउनु भयो ।


ताजा खबर

Loading...
Loading...
Loading...