सेतीमा जलयात्रा बढ्दै

डोटी, २२ फागुुन । दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो झोलुङ्गे पुलसम्म करीब डेढ घण्टा सेतीमा जलयात्रा गरी रमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको आयोजक सस्थाका सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । जलयात्रा गर्न चाहनेका लागि आयोजकले प्रतिव्यक्ति रु ५०० टिकट दर तोकेको छ ।

दोस्रो दिनदेखि सञ्चालनमा आएको जलयात्रा दिनहुँ यात्रुको चाप बढ्न थालेको चेम्बरका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मौसम पनि राम्रो भएकाले ¥याफ्टिङ गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।” सेतीमा जलयात्रा गर्दा नदीका तीरमा रहेका मनोहक दृष्य तथा सेतीमा माछा खेलिरहेको दृष्यको अवलोकन गर्न पाइन्छ । नदी क्षेत्रमा बस्ने चराको बासस्थानमा पुग्दा छुट्टै खालको आनन्द आउने जलयात्रु आशिष जोशीले बताउनुभयो ।


ताजा खबर

Loading...
Loading...
Loading...