‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्टः उपसभापति गच्छादार

कञ्चनपुर, २२ फागुन । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नारा उत्कृष्ट भएपनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन् ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपसभापति गच्छदारले भन्नुभयो, “मैले प्रधानमन्त्रीसँग भेटर पनि भनेको छु, सरकार जुन बाटोमा हिँडिरहेको छ, त्यो बाटोबाट समृद्धिको नारा पूरा हुनसक्दैँन ।”
देशमा लागू भएका सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट व्यवस्था भएको बताउँदै उहाँले लामो सयमपछि देशले पाएको उपलब्धिलाई संस्थागत गरी अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...